संसद अधिवेसन बोलाउन वावुरामको माग
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री वावुराम भट्टराईले संसद अधिवेसन बोलाउन माग गरेका छन् ।
भट्टराईले शनिवार आफनो ट्वीटर मार्फत वर्तमान अवस्थाका विषयमा छलफल गर्न संसद अधिवेशन वोलाउन माग गरेका हुन ।
कोरोना संक्रमण, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार र विदेश सम्बन्धलगायतका विषयमा संसदमा छलफल हुनुपर्ने उनको धारणा छ।
‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला/उसैले छिनोफानो गरोस।’ उनले ट्वीटरमा लेखेका छन्–‘तर, केपी शर्मा ओली सरकारको दुस्कर्म/अकर्म आमजनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि !’