भारतले नेपाललाई फेरी दियो २८ वटा आईसियु भेन्टिलेटर
भारतले नेपाललाई थप २८ वटा आईसियु भेन्टिलेटर उपहार दिएको छ ।
कोरोना भाईरसको महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग गर्न नेपाल स्थित भारतीय दुतावास मार्फत सो उपहार प्रदान गरिएकोह ो ।
राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आईतवार ति आइसीयु भेन्टिलेटर प्रदान गरे।
भारतले यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरेको थियो ।
हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटुट साथ रहेको वताए । नेपाल सरकारलाई आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको पनि उनले जानकारी दिए ।