News राजनीति

प्रचण्ड जसरी पनि पार्टी फुटाउने उदेश्यले अघि वढेः प्रधानमन्त्री ओली

प्रचण्ड जसरी पनि पार्टी फुटाउने उदेश्यले अघि वढेः प्रधानमन्त्री ओली

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्पकमल दाहाल प्रचण्ड जसरी पनि पार्टी फुटाउने उदेश्यले अघि वढेको वताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र उनी निकट नेताहरुसँग आईतवार भएको भेटवार्तामा ओलीले यस्तो वताएका हुन् ।

नेकपा फुटको संघारमा पुगेकाले बचाउन उनले हारगुहार गरेको श्रोतले जनाएको छ । विगतदेखि पार्टीमा देखिएको समस्या र प्रचण्डको वर्तमान कार्यशैलीका विषयमा नेपाल समूहका नेताहरुलाई जानकारी गराउँदै उनले जसरी पनि पार्टी जोगाउन आग्रह गरेका थिए ।

अध्यक्षद्वय ओली र प्रचण्डविच शनिवार विहान भएको भेटमा चर्काचर्की भएको थियो । यस वाहेक सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन पत्र थमाएको भोलीपल्ट नै ओलीले नेपाललाई छलफलका लागि वोलाएका हुन् ।

नेपाल लगायतका नेताहरुले भने अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा निर्णायक भूमिका भएकाले सहमतिको पहल थाल्न ओलीलाई आग्रह गरेको एक सहभागिले वताए । सिंगो पार्टीलाई एकताबद्ध हुने गरी काम गर्न र समस्याको समाधान पार्टीको बैठकबाटै खोज्न उनीहरुले ओलालाई सुझाव दिएका छन् ।

छलफलमा नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागि थिए ।
 

विशेष