News

कोरोना अस्पताल नै नक्कली, ४ संक्रमितको मृत्यु

कोरोना अस्पताल नै नक्कली, ४ संक्रमितको मृत्यु

कोरोनाका विरामी भर्ना गरेर उपचार गराईरहेको र उपचारकै क्रममा ४ संक्रमितको मृत्यु समेत भईसकेपछि मोरङ्गको विराटनगर स्थित म्याक्स इन्टरनेशनल अस्पतालले त्यसका लागि अनुमति नै नलिएको खुलेको छ। 

सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि अरु सेवा बन्द गरेर यो अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेको पाईएको छ ।

अस्पतालमा हालसम्म ४० जना संक्रमित उपचारका लागि भर्ना भएको पाइएको छ । जसमा ४ जनाको मृत्यु र ११ जना उपचाररत छन्। अन्य डिस्चार्ज भइसकेको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले बताए ।

अस्पतालले कोरोना उपचारका लागि दैनिक १० देखि ३० हजार रुपैयाँसम्म शुल्क तोकेको छ । भेन्टिलेटर आवश्यक पर्ने बिरामीले दैनिक ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने ब्यवस्था छ।

तर, अनुमतिविनै सञ्चालन भएको पाईएपछि स्थानीय प्रशासनले अस्पताल वन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रवार अस्पतालमा छापा मारेको थियो । आफू खुसी सञ्चालन गरेर बिरामीसँग चर्काे शुल्क असुल गरेको पाइएपछि बन्द गरी लिखित स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

मेहताले भने कोरोना संक्रमितको उपचारका लागि कुनै निकायबाट स्वीकृति नलिएको स्वीकार गर्दै अनुमति लिने प्रक्रिया सुरु गरिरहेको जानकारी दिए । स्थानीय सरकारले भने अस्पताल सञ्चालन गर्न मौखिक सहमति दिएको उनले वताए । 

विशेष