News राजनीति

पार्टीमा समीकरण परिवर्तनको प्रयासः  ओली-नेपाल छलफलमा

पार्टीमा समीकरण परिवर्तनको प्रयासः  ओली-नेपाल छलफलमा

नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच सदस्यले वैठक वोलाउन माग गर्दै पत्र थमाएको भोलीपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधव नेपालसँग छलफल गरेका छन् ।

ओलीले छलफलका लागि नेपाललाई बालुवाटार नै बोलाएका थिए । पार्टीभित्र अल्पमतमा परेका ओली निरन्तर दवावमा छन् । ओलीले आन्तरिक समीकरण परिवर्तन गर्ने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन । सोहि प्रयास अन्तर्गत आज नेपाललाई छलफलमा वोलाएको हुन सक्ने आशंका गरिएको छ ।

यस अघि कार्तिक ५ र ११ मा पनि ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । तर, नेपालले लगातार उनको प्रस्तावलाई अस्विकार गर्दै आएका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डसँग सकार्यमा रहेका नेपालले पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन् ।

आजको भेटका लागि पनि नेपालले आफुनिकटका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई साथैमा लिएर गएका छन् ।
 

विशेष