सल्यानमा कोरोनाले एकको मृत्यु, मलामीलाई त्रास
सल्यानको शारदा नगरपालिका स्थित श्रीनगर वजार सिल गरिएको छ । कोराना संक्रमणका कारण शारदा–१ मा ६७ वर्षीय एक पुरुषको मृत्यु भएपछि श्रीनगरलाई सिल गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पतालमा उपचाररत उनको मृत्युपछि मात्रै रिपोर्ट पोजेटिभ आएको हो । अस्पतालमा मृत्यु भए पनि घर ल्याएर परम्पराअनुसार नै दाहसंस्कार गरिएको थियो । उनको मलामी गएकाहरुमा कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
सोहि कारण जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि श्रीनगर बजार सिल गरेको छ। थप संक्रमण फैलन नदिन एक साताका लागि बजारक्षेत्र सिल गरिएको शारदा नगरपालिकाले जनाएको छ । सवै मलामीका स्वाब संकलन गर्ने तयारी गरिएको र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाईएको छ।