News राजनीति

ओलीले नवोलाए प्रचण्डले वैठक वोलाउने, यस्तो हुँदैछ निर्णय

ओलीले नवोलाए प्रचण्डले वैठक वोलाउने, यस्तो हुँदैछ निर्णय

सचिवालयका ५ सदस्यले लिखित रुपमा माग गर्दा पनि प्रधानमन्त्री ओलीले वैठक नवोलाए कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड आफैले वैठक वोलाउने तयारी गरेका छन् ।

सचिवायल सदस्यले दिएको समय सिमा (मंगलबार) सम्म पनि बैठक नबोलाए आफै वैठक वोलाउने दाहाल–नेपाल पक्षको तयारी छ । सचिवालयले स्थायी समिति बैठक डाक्ने निर्णय गर्ने र स्थायी समितिले सोहि अनुसार निर्णय गरेर अघि वढ्ने पनि जनाईएको छ ।


यता, ५ सचिवालय सदस्यले वैठकका लागि लिखित पत्र वुझाएको समय सकिनै लाग्दा प्रधानमन्त्रीको सन्देश लिएर महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

खुमलटारमा भएको भेटमा पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी रहेको पौडलेले दाहाललाई जानकारी गराएका छन् । विधान अनुसार सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र बैठक बोलाउने ब्यवस्था छ ।

प्रचण्डले भने वर्तमान प्रसंगमा विधान आकर्षित नहुने वताउँदै बहुमत सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले चाँडै सचिवालय बैठक बोलाउनु पर्ने बताएको श्रोतले जनाएको छ ।
 

विशेष