News राजनीति

मृगौला फेरेपछि ओली अझै तरुनोः जुँगा भए काला, बदलिए गाला !

मृगौला फेरेपछि ओली अझै तरुनोः जुँगा भए काला, बदलिए गाला !

मृगौलामा समस्या देखिने वित्तिकै धेरै मानिस आत्मविश्वास गुमाउँछन्। कमजोर आत्मविस्वासका कारण शरिर नै कमजोर हुने र आल्पायुमै ज्यान जाने गरेका घटना पनि धेरै छ। आत्मविश्वास कमजोर हुँदा विरामीले लामो आयू वाँच्न नसक्ने कुरामा चिकित्सहरु पनि सहमत छन् ।

तर, मिर्गौला प्रत्यारोपणपछि पनि सामान्य जीवन वाँच्न सकिन्छ र अरु सरह नै काम गर्न पनि सकिन्छ भन्ने उदाहरण यतिवेला प्रधानमन्त्री केपी शर्मा ओली वनेका छन् । मुखले नेवोले पनि दोस्रो पटक मृगौला प्रत्यारोपणपछि मानिसले उनलाई विरामी प्रधानमन्त्रीका रुपमा वुझ्छन् । र, कामको अपेक्षा पनि सोहि अनुसार गर्छन ।

प्रतिपक्ष दलका कतिपय नेताहरुले त धेरै पटक प्रधानमन्त्रीलाई सार्वजनिक रुपमै विरामी भन्दै भाषण गरे । भाषणको निरन्ततरता जारी नै छ।

तर, प्रधानमन्त्री ओलीको आत्मविश्वास र कृयासिलता भने अझै मजवुत हुँदै गएको उनको कृयापकलाप र वोलिवाट प्रष्टिन्छ । ओलीले आफ्नो स्वास्थ्यको कारणले कमजोर नआँक्न चेतावनी समेत दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल र उनी निकट नेताहरुसँग आईतवार भएको भेटवार्तामा उनले यसै सैलीमा कुरा गरे। दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि त आफु झन हृष्टपुष्ट भएको र फुलेर सेतै भएका जुँगा काला हुन थालेको पनि भन्न भ्याए । प्रधानमन्त्रीलाई उधृत गर्दै एक नेताले भने–‘दोस्रोपल्ट मेरो किड्नी परिवर्तन गरेपछि खै के भएको हो कुन्नि हाच्छ्यूँ पनि आउँदैन। यताउता केही पनि भएको छैन। तरल र ताजा पनि छु। झन–झन बलियो भएको छु।’

‘मेरा त जुंगा पनि आधा कालो भएर आएका छन्, यसमा मेरो पनि त भूमिका होला नि भन्दै प्रश्न गर्नु भयो ?’– ति नेताले भने। 

प्रधानमन्त्रीको यो कुरामा धेरैले चासो ब्यक्त गरेका छन् । तर, चिकित्सकहरु भने प्रधानमन्त्रीको सेतो जुँगा कालो भएको कुरा स्विकार गर्दैनन् । चिकित्सकहरु भन्छन्–‘प्रधानमन्त्रीमा मनोबैज्ञानिक उर्जाले काम गरेको छ। पुरै शरिरको चेकजाँच हुने र स्वास्थ निगरानिमा रहने हुदा झन स्वस्थ हुनु भएको चाहिँ पक्कै हो।’

सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झा भन्छन्–‘प्रधानमन्त्री यतिकै पनि उर्जाबान ब्यक्ति हुनुहुन्छ। रिकभर पनि चाडै हुनु भयो।’ तर, सेता जुँगा काला भएर आएको विषयमा भने सत्यता नभएको उनी वताउँछन् । जुँगाको प्रसंग उठाएर प्रधानमन्त्रीले आफु स्वस्थ रहेको जनाउ दिएको हुन सक्ने उनको अनुमान छ। 

गत ०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। त्यसको १२ वर्षअघि पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो।

विशेष