पौडेल प्रकरणपछि सलवलायो कांग्रेस, २९ गते देशब्यापी प्रदर्शन
१७ मंसिरमा पुल उद्घाटन गर्न तनहुँको व्यास नगरपालिका गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ र धरपकड गरेपछि नेपाली कांग्रेस सलवलाउन थालेको छ ।
निषेधाज्ञा तोडेको आरोपमा तनहुँ प्रशासनले पौडेललाई वडा नम्बर १ तालघरेबाट पक्राउ गरेको थियो । पौडेल माथि घटेको उक्त घट्नापछि कांग्रेसले विहिवार वर्तमान र पुर्व पदाधिकारीहरुको वैठक वोलायो ।
वैठकले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।
बैठकपछि वरिष्ठ नेता पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए । ७७ वटै जिल्लामा ¥याली निकालेर सरकारको दमन नीतिलाई विरोध गर्ने विषयमा छलफल भएको उनको भनाई छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, पौडेलमाथि भएको गिरफ्तारी लगायतका विषयमा प्रदर्शन गरिने वताए । ओली सरकार बनेपछि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने उनले जानकारी दिए ।
सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेको समेत बताए । यस्तै बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको शर्माको भनाई छ ।