चामलको वोरोभित्र मरेको मुसा र औषधीको पोको !
भारतको नयाँ दिल्ली स्थित ‘जय हिन्द राइस ट्रेडर्स अलिपुर’ द्वारा उत्पादत र प्याकिङ गरि नेपाल ल्याईएको चामलको वोरामा मरेको मुसा र औषधीका पोका फेला परेका छन् ।
मोरङको पथरीशनिश्चरे–१ स्थित यलम्बर चोकमा रहेको अटल किराना पसलबाट खरिद गरिएको वासमति चामलको वोरोमा यस्तो अखाद्य वस्तु फेला परेको हो । पथरी शनिश्चरे २ का हस्तबहादुर जैराई दर्जीका छोरा श्यामको विवाहका लागि २५ किलो दरका ४ बोरा चामल खरिद गरिएको थियो । ४ वटै बोरामा कपडामा पोको पारिएको १/१ वटा औषधी जस्तो देखिने बस्तु र त्यसमध्येको एउटा बोरामा मरेको मुसा फेला परेको थियो ।
प्याकिङ गरिएको २४ महिनासम्म प्रयोग गर्न उचित मिल्ने लेखिएको बोरा सन् २०१८ मा प्याकिङ गरिएको उल्लेख छ। तर बोराको माथिल्लो भागमा रहने दोहोरो धागोको प्याकिङ समेत खोलेर त्यसको केही मुनी एकसरो धागोले सिलाएको भेटिएको वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईले बताए ।
चामल विक्रेताले भनें त्यस वारेमा आफुलाई कुनै जानकारी नभएको वताएका छन् । यस वारेमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतलाई पनि जानकारी गराईएको स्थानीयले वताए । सो सम्वन्धमा आवश्यक छानविन गरिने उनले बताए ।