वलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ
वलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा मोरङ्गमा प्रहरीले ६ जना पक्राउ गरेको छ ।
धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु घटनाका पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई वलात्कारको घट्ना मिलापत्र गराउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।
०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका–५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षिया युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
सुरेशलाई मंसिर १९ गते रंगेली– ७ बाट इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा पीडितलाई रकम दिने प्रलोभन देखाई मिलापत्र गराएको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।