News अपराध सुरक्षा

खसि नदिएको आक्रोशमा विप्लव कार्यकर्ताद्वारा शिक्षकको हत्याः प्रहरी

खसि नदिएको आक्रोशमा विप्लव कार्यकर्ताद्वारा शिक्षकको हत्याः प्रहरी

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताले खसि नदिएको आक्रोशमा मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको पाईएको छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिवन्धित नेकपा’ का कार्यकर्ताले मंगलवार विहान श्रेष्ठलाई अपहरण गरी बर्खे जंगलमा लगेर हत्या गरेका थिए । हात बाँधेर धारिलो हतियारले घाटी रेटी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । 

मोरङको विकट क्षेत्र मानिएको मिक्लाजुङ गाउँपालिकामा विप्लव समूहको गतिविधि बढी हुुँदै आएको छ। सोहि  क्रममा उनीहरुले सोमबार शिक्षक श्रेष्ठलाई खसीको माग गरेका थिए । श्रेष्ठले आफूसँग खसी नभएको र बाख्रा लैजान उनीहरुलाई आग्रह गरेका थिए । ‘हामीलाई खसी नै चाहिन्छ’ भन्दै उनीहरुले अडान राखेपछि श्रेष्ठले मंगलवार दिने वाचा गरेका थिए । स्थानीयले प्रहरी अधिकारीका अनुसार विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई सोमवारै घरबाट लैजाने योजना बनाएका थिए ।

श्रेष्ठले विप्लव समूहले खसी मागेको आफ्ना एकजना छिमेकीलाई वताएको पाइएको छ । मंगलबार बिहानै विप्लव समूहका कार्यकर्ता श्रेष्ठको घरमा आएका थिए । श्रीमतीलाई खसी खोज्न पठाएर घरमा वसेका श्रेष्ठलाई सोहि समयमा उनीहरुले अपहरण गरेको प्रहरीले जनाएको छ । 

विप्लव समुहले भने श्रेष्ठलाई सुराकीको आरोप लगाउँदै सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको जनाएको छ ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की घटनाको अनुसन्धान भइरहेको र सो समूहको खोजी भईरहेको बताउँछन् ।

विशेष