राप्रपाले वोलायो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पौष ४ गतेका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वोलाएको छ ।
राप्रपाका अध्यक्षहरूको आज बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।
वैठकपछि थापाले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– ‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पौष ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ। उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ।’