News राजनीति

ललितपुरमा राजावादीले लगाए ‘गणतन्त्र मुर्दावाद’ को नारा

ललितपुरमा राजावादीले लगाए ‘गणतन्त्र मुर्दावाद’ को नारा

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै शनिवार ललितपुमार विशाल मोटरसाइकल र्याली सम्पन्न गरिएको छ ।

र्याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो। 

राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको र्यालीलाई राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले नेतृत्व गरेका थिए। 

र्यालीमा सहभागीले राजसंस्था जिन्दावाद– गणतन्त्र मुर्दावाद भन्दै नारा लगाएका थिए। 

राष्ट्रिय झन्डा बोकेका युवाहरुको जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए। 
 

विशेष