News राजनीति

बाध्यात्मक व्यवस्थाअनुसार संसद अधिवेशन आह्वान हुने सभामुखको संकेत

बाध्यात्मक व्यवस्थाअनुसार संसद अधिवेशन आह्वान हुने सभामुखको संकेत

सभामुख अग्निप्रसाद सापकोटाले बाध्यात्मक व्यवस्थाअनुसार संसद अधिवेशन आह्वान हुने संकेत गरेका छन् ।

आइतबार संसद भवन बानेश्वरमा १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुखले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताए।

संवैधानिक रुपमा पनि पुस १७/१८ गतेसम्म संसद् अधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको उनले वताए । कोरोना भाइरसको संक्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको समेत सभामुख सापकोटाले बताए । सापकोटाले भने, ‘अबको अधिवेशन नयाँ ढंगले चलाउने हो ।’

संसद् अधिवेशन सरकारले आह्वान गर्ने र अन्त्य गर्ने संविधानमा उल्लेख छ । तर अचानक अन्त्य गरेको ६ महिना पुग्न लाग्दापनि सरकारले संसद् अधिवेशन वोलाएको छैन ।

संघीय संसद सचिवालयले कोरोना भाइरस महामारीको समयमा सतर्कता अपनाउन एक तिहाइ सांसदको उपस्थितिमा हिउँदे अधिवेशन चलाउने प्रस्ताव दलहरु समक्ष राखेको छ । यो विषयमा अनौपचारिक छलफल भए पनि औपचारीक टुंगो लागेको छैन।

यो प्रस्तावमा अधिकांश सांसदहरु तयार नभएपछि दलहरुले भने निर्णय लिएका छैनन् । त्यसकारण यो विकल्पमाथिको छलफल छलफलमै सिमित रहेको जनाईएको छ । 
 

विशेष