प्लाष्टिकको पोखरीमा डुवेर तीन वालिकाको मृत्यु
सिंचाई गर्न वनाएको प्लास्टिकको पोखरीमा डुबेर तेह्रथुमको छथर गाउँपालिका–६ सुदाप च्याङलुङमा ३ जना बालिकाको मृत्यु भएको छ ।
स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो।
वडाध्यक्ष टेकराज आङखेवाका अनुसार शनिबार दिउँसो घरबाट निस्किएका तीनै जना घर नफर्किएपछि खोजी गर्दा पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।
तरकारीमा सिँचाई गर्न बनाइएको प्लाष्टिकको पोखरीमा करिब ६ फिट गहिरो पानी थियो।