वास्कोटा भन्छन्– दुर्घटना नै गर्ने हो भने रामराम भनौं, ऐया न आत्था !
पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एवम नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पाँच जना नेताले ‘जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन’ भन्दै बहुमत/अल्पमतको कुराले पार्टीलाई दुर्घटनामा लाने वताएका छन् ।
विराटनगरमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता वास्कोटाले भने–‘दुर्घटना नै गर्ने हो भने रामराम भनौं, ऐया न आत्था ।’ वहुमत छ भन्दैमा विधि र पकृया विरुद्ध गएर पार्टी सञ्चालन हुन नसक्ने उनले वताए ।
विधि, प्रकृया भनेकै पार्टको नेतृत्व महाधिवेशनबाट र प्रधानमन्त्री आम निर्वाचनबाट परिवर्तन हुने भएकाले कसैलाई लाग्दैमा प्रधान्मन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने उनको जिकिर छ। ‘उहिल्यै सीपी मैनालीलाई पाँच÷सात जना मिलेर फालेजस्तो अवस्था अहिले छैन’ उनले भने–‘उहाँहरूलाई जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन ।’
वहुमतको आडमा त्यसरी नेतृत्व फाल्दै जाने हो भने नातिलाई डोको जिम्मा लगाए जस्तो हुने उनले वताए । ‘ आज हामी फालौला, भोली नातिले हामीलाई फाल्छ’– उनले भने।
उनले प्रतिवन्धित नेकपा र राजावादीको प्रदर्शनका विषयमा पनि टिप्पणी गरे । मुलुकलाई जबरजस्ती हिंसातर्फ लैजाने र व्यक्तिहत्या गर्ने प्रत्यन भएको भन्दै विप्लव समूहको कृयाकलाप गतल भएको उनको भनाई छ ।
यसैगरी, सत्तारुढ दलमा विवाद देखिएको मौकामा देशमा राजा फर्काउने नाममा पौराणिक कथा बाचन सुरु भएको उनले टिप्पणी गरे ।
ओली पक्षिय युवाहरुको प्रदेश स्तरीय वैठकमा सहभागि हुन नेता वास्कोटा शनिवार मोरङको विराट चोकमा आएका थिए ।