शोक व्यक्त गरेर सकियो नेकपाको स्थायी कमिटी बैठक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ । नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर वैठक सकिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने ओली सहभागी भएका थिएनन् । उनले स्थायी कमिटी बैठकमा पत्र पठाएर उपस्थित हुन नसक्ने वताएका थिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई आरोप पत्र भन्दै उक्त प्रस्तावमाथि छलफल हुन लागेकाले वैठकमा सहभागी हुन नसक्ने व्यहोराको उनको पत्र थियो । पार्टी कार्यालय धुम्बाराहीमा वस्न लागेको आजको वैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारेर उनी सहभागि भएका हुन् ।