News राजनीति

प्रचण्डद्वारा नारायणकाजीको वचाउ, वास्कोटा भन्छन– मँवाट सिक्नोस्

प्रचण्डद्वारा नारायणकाजीको वचाउ, वास्कोटा भन्छन– मँवाट सिक्नोस्

नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले हाइड्रोपावरको आर्थिक कारोबारका विषयमा आलोचना खेपीरहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक विवादमा तानेको वताएका छन् । 

दाहालले श्रेष्ठको बचाउ गर्दै अनावश्यक प्रचारको पछि नलाग्न आग्रह गरे । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग भएको कुराकानीको अडियो तथा भिडियो सार्वजनिक भएपछि श्रेष्ठ विवादमा तानिएका थिए ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा वोल्दै नेता दाहाले प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भइरहेको वताए । लामा र हाइड्रोपावरका सम्बन्धित व्यक्तिलाई सँगै राखेर उनीहरूबीच रहेको लेनदेन विवादमा मिल्नुस् भन्नेबाहेक अरु कुनै पनि कुरा नगरेकाले भ्रममा नपर्न पनि दाहालले आग्रह गरेका थिए ।

अर्कोतर्फ पूर्वसञ्चारमन्त्री एवम नेकपाका केन्द्रिय सदस्य गोकुल बास्कोटाले भने श्रेष्ठलाई आफूबाट सिक्न आग्रह गरेका छन् । सुरक्षण मुद्रण खरीद प्रकरणमा ७० करोडको अडियो प्रकरणमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका बास्कोटाले प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै भने, ‘आदर्श नेताले मबाट सिक्ने के ! कम्तिमा मेरोजति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।’

आरोप उठ्नासाथ आफू र पूर्वसभामुख कृष्णबहादुर महराले छानबिनका लागि बाटो छोडिएको स्मरण गर्दै बास्कोटाले प्रश्न उठेपछि छानबिन गर भन्न सक्नुपर्ने बताए । विराटनगरमा आईतवार आयोजित पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो वताएका हुन्।

विशेष