अलोकतान्त्रीक पृष्ठभुमिवाट आएकाहरुका कारण लोकतन्त्र संकटमाः पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अलोकतान्त्रीक कम्युनिष्टहरुका कारण लोकतन्त्र संकटमा परेको वताएका छन् ।
सरकारविरुद्ध कांग्रेसले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता पौडेलले कम्युनिष्टका कारण लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेशिता खतरामा परेको वताए । ‘देश लोकतान्त्रिक व्यवस्थामा भए पनि अलोकतान्त्रिक पृष्ठभूमिबाट आएकाहरूका कारण जोखिम बढेको छ।’
अलोकतान्त्रिक पृष्ठभूमिका कम्युनिष्टहरुको नेतृत्व हुँदा व्यवस्था र लोकतन्त्र दुबैलाई खतरामा परेको उनको ठम्याई छ ।
पौडेलले अव कांग्रेसले नै सरकार चलाउने संकेत पनि गरे । ‘अब कांग्रेसले सरकारलाई सचेत बनाउन प्रयत्न गर्छ’ उनले भने–‘कांग्रेसले लोकतन्त्र विरुद्धका कुनै पनि षडयन्त्र सफल हुन दिदैन। हामी अन्तिम लडाईँ लडेर भए पनि देशमा संकट आउँन दिदैनौं।’