भारतमा आरटिजिएस सेवा २४सै घण्टा
भारतमा डिजिटल कारोबार गर्नेहरुलाई लक्षित गरी रियल टाइम ग्रोस सेटलमेन्ट (आरटिजिएस) को सुविधा २४ सै घण्टा सञ्चालनमा ल्याईएको छ । भारतीय रिजर्व बैंकले १ डिसेम्बर राति साढे १२ बजेपपिछ आरटिजिएस सेवालाई चौविसै घण्टा उपलब्ध गराएको हो ।
सेवाग्रहीहरूले अब उपरान्त आरटीजीएस मार्फत कुनै पनि समयमा पैसा भुक्तानी गर्न सक्नेछन । यसपश्चात् भारत ती देशहरूको सुचीमा समावेश हुनेछ, जहाँ आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध छ।
आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोनाको समयमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरिएको बताए। आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट वैश्विक एकीकरणको प्रयासलाई सहयोग पु¥याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले वताए ।
आरटीजिएस डिजिटल पैसा लेनदेनको एक विधि हो। यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा भुक्तानी र प्राप्त गर्न सकिन्छ । आरटीजीएस मुख्य रूपमा ठूलो रकम भुक्तानीका लागि प्रयोग गरिन्छ। यस मार्फत न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।