मुलुकमा अव राजा कुनै पनि स्वरूपमा आउँदैनः महामन्त्री कोईराला
कांग्रेस महामन्त्री शशांक कोइरालाले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि हिन्दु राष्ट्र स्थापना हुने वताए । कोराइरालाले देशमा अब राजतन्त्र भने फर्केर नआउने जिकिर गरे। उनले भने–‘मुलुकमा अव राजा कुनै पनि स्वरूपमा आउँदैन ।’
कोईरालाले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे । आफू र शेखर कोइरालामध्ये सभापतिको उम्मेदवार हुने भन्ने निर्णय पार्टीका नेता, कार्यकर्ता र आपसी छलफलले टुंगो लाग्ने उनको भनाइ थियो ।
पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएकाले जेठमा गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे।
सत्ता साझेदारीका लागि केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवाविच छलफल भएको प्रसंगमा भने ‘कांग्रेस अब कहिल्यै कम्युनिस्टसँग सहकार्य गरेर अघि नबढ्ने’ दाबी गरे । २०४६ सालमा कांग्रेसले कम्युनिस्टसँग सहकार्य गरेर मुलुकमा दोस्रो शक्तिका रूपमा स्थापित गराउनु ठूलो भूल भएको उनको भनाई छ ।