News

विप्लव समुहका कारण सुरक्षा संवेदनशीलता बढेको सेनाको निष्कर्ष

विप्लव समुहका कारण सुरक्षा संवेदनशीलता बढेको सेनाको निष्कर्ष

नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै उक्त समूहको गतिविधिलाई सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिएको छ।

विप्लव समुहका कारण सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद पनि थालेका छन् । थापाले विप्लप समूहका गतिविधि पछिल्लो समय हिंसात्मक हुँदै गएको भन्दै ‘अलर्ट’ रहन निर्देशन दिएका छन्।

कालीकोटमा जनसरकार घोषणा, मोरङको मिक्लाजुङमा शिक्षकको हत्या तथा विभिन्न ठाउँमा भएका विष्फोटका घट्ना भईरहेकाले सेना चनाखो हुनुपर्ने भन्दै प्रधानसेनापतिले निर्देशन दिएको सैनिक स्रोतले जनाएको छ ।

भ्रमण क्रममा थापाले सबै युनिटमा गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहहरूको सम्भाावित गतिविधिसँग जानकार रहन निर्देशन दिएको सेनाले जनाएको छ । 
कोरोनाविरुद्धको लडाइँमा प्रदेश सरकार र स्थानीय सरकारलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिन प्रोत्साहित गर्दै हिउँदमा संक्रमण थप बढ्न सक्ने भएकोले सुरक्षा मापदण्ड पालना गर्न समेत प्रधानसेनापति थापाले निर्देशन दिएका छन्।

विशेष