News

ललिता निवास जग्गा प्रकरणः गच्छेदारद्वार म्याद वुझ्न अटेर

ललिता निवास जग्गा प्रकरणः गच्छेदारद्वार म्याद वुझ्न अटेर

ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले म्याद बुझ्न अटेर गरेका छन् ।

बालुवाटारस्थित जग्गा प्रकरणमा विशेष अदालतले ०७६ फागुन १९ गते जिल्ला अदालतमार्फत जारी गरेको म्याद गच्छदारले अझै वुझेका छैनन् । 

विशेषले अदालतले १९ फागुन २०७६ मा उनको नाममा म्याद जारी गरेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ गते  पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छादार सहित १७५ जना विरुद्ध विशेष अदालतलाई आरोपपत्र दर्ता गरेको थियो । 

गच्छदारले उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री भएका बेला सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने प्रस्ताव लगेका थिए । उनले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार समेत मिचेको आरोप छ । 

०५३ सालपछि मोही कायम नहुने ब्यवस्था विपरित उनले गैरकानुनी प्रस्ताव लगेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । गच्छदार मन्त्री हुँदा भौतिक योजना सचिव रहेका दिप बन्स्यान्त पुर्पक्षका लागि थुनामा छन्। 
 

विशेष