'चीनले छिमेकीसँग बार्गेनिङ गर्न सीमा विवादाई कायमै राख्यो'
बेइजिङ । विश्वका मुलुकहरु कोरोना महामारीविरुद्ध लडिरहँदा चीनले छिमेकीहरुसँग सीमा विवाद र अन्य मुलुकहरुसँग व्यापार र रणनीतिक कुराहरुमा विवाद सिर्जना गरेको छ । रणनीति विज्ञ बर्टिल लिन्टनरका अनुसार चीनले आफ्ना छिमेकीहरूसँग ठूला मुद्दाहरूमा बार्गेनिङ गर्ने रणनीतिका कारण लामो समयदेखिको सीमा विवादलाई कायमै राखेको बताएका छन् ।
सन् १९६२ को भारत-चीन युद्ध र पछिल्लो समय भएको लद्दाख क्षेत्रमा भएको हिंसात्मक झडपका विषयलाई समेटेर रणनीति विज्ञ लिन्टनरले एसिया टाइम्सको लेख लेख्दै टिप्पणी गरेका छन्, “चीन वास्तवमै त्यो लामो समयदेखि चल्दै आएको बारम्बारको सीमा विवादको समाधान खोजिरहेको छैन । बेइजिङको विदेश नीतिमा व्यापार, सुरक्षा र छिमेकीहरूसँगका अन्य मुद्दाहरूमा ठूला मुद्दाहरुमा बार्गेनिङ गर्न सीमा समाधानलाई थाती राखिरहेको छ ।"
बेइजिङको विकाशील मुलुकबाट विकसित मुलुकमा पुर्याउँदै संयुक्त राज्य अमेरिकासँगको प्रतिस्पर्धा गर्दै विश्वव्यापी प्रभावको लागि प्रतिस्पर्धी महाशक्तिमा बन्ने क्रममा चीनको सीमा क्षेत्र थप गम्भीर बन्ने दिशातर्फ उन्मुख भएको छ । विशेषगरी भारतसँगको सीमा समस्या चीनका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ ।
“भारतले आफ्नो क्षेत्र मान्ने अक्साइ चिन भनेर चिनिने पश्चिमी हिमालयन क्षेत्रलाई नियन्त्रण गर्नुको अलावा चीनले उत्तरपूर्वीय राज्य अरुणाचल प्रदेशको अधिकांश भागमा दावी गरेको छ । चीनले १९५० को सुरुमा तिब्बतलाई कब्जा गरिसकेपछि पनि भूटानसँग सीमा विवाद भएको छ । बेइजिङले औपचारिक कूटनीतिक सम्बन्ध कायम नगरेको एकमात्र छिमेकी मुलुक भुटानसँग सीमा विवाद भएको छ ।
चीनको सानो छिमेकी नेपालसँगको सीमा विवादलाई पनि बार्गेनिङ पोइन्टका रुपमा लिएको छ । लिन्टनर लेख्छन्, “अहिलेसम्म चीन र नेपालको सगरमाथाको विषयमा मात्र सीमा विवाद थियो । तर सेप्टेम्बरमा चिनियाँले हुम्लामा समेत ११ वटा भवनहरु बनाएर सीमा अतिक्रमणलाई विस्तार गरेको छ ।"लिन्टनरले बेइजिङसँग सीमा विवाद उछाल्न चाहँदैन । यतिमात्र नभएर चीनले आन्तरिकरुपमा पनि अधिनायकवादको चरित्रलाई थप मजबुत बनाउँदै लगेको छ ।