अध्यादेश प्रकरणले ब्यवस्था नै असफल भएको प्रमाणित: कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक परिषद् सम्वन्धि अध्यादेश प्रकरणले लोकतान्त्रीक ब्यवस्था नै असफल भएको प्रमाणित गरेको वताएका छन् ।
मंगलवार ट्विटरमा आफनो धारणा राख्दै अध्यक्ष थापाले निहित स्वार्थवश संबैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत, भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्त गर्ने काम दूर्भाग्यपूर्ण र विवादास्पदरूपमा संबैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको जनाएका छन् ।
उपरोक्त कार्यबाट व्यवस्था असफल भएको प्रमाणित भएको उनको दावी छ ।