News

संवैधानिक परिषद्को वैठक वालुवाटारमा सुरू, देउवा गएनन्

संवैधानिक परिषद्को वैठक वालुवाटारमा सुरू, देउवा गएनन्

संवैधानिक परिषद् बैठक वालुवाटारमा पुनः सुरू भएको छ। मंगलबार बिहान कोरम नपुगेर वैठक स्थगित भएपपछि अहिले साँझ ५ वजेका लागि वोलाईएको वैठक भर्खरै सुरु भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बिहान बसेको अनौपचारीक छलफलकै क्रममा देउवाले अध्यादेश ल्याए आफूलाई मान्य नहुने बताएका थिए। ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ’  देउवाले भनेका छन–‘यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’

बिहान बैठकलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बोलाएका थिए। उक्त बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्। उक्त अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए पनि हुने उल्लेख छ।

विशेष