‘उपसभामुख खाली र सभामुखलाई वेवास्ता गरेर कोरम पुगेन भन्नु हास्यास्पद’
नेपाली कांग्रेसले संबैधानिक परिषद् सम्वन्धि अध्यादेशमा प्रष्ट विमती राखेको छ ।
सभापति शेरवहादुर देउवाले मंगलवार ट्विट गर्दै अध्यादेशमा विमती राखेका हुन्।
‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ’ देउवाले भनेका छन्–‘यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’