News

अध्यादेश खारेज गर्न नेकपाका बहुमत सचिवालय सदस्यको आग्रह 

अध्यादेश खारेज गर्न नेकपाका बहुमत सचिवालय सदस्यको आग्रह 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश खारेज गर्न आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा खुमलटारमा भएको छलफलवाट उनीहअरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका थिए । अचानक अध्यादेश जारी भएपछि दाहालले छलफलका लागि नेताहरुलाई वोलाएका थिए ।

छलफलले अध्यादेश तुरुन्त फिर्ता लिन आग्रह गरेको एक सदस्यले जानकारी दिएका छन् ।
 

विशेष