वालुवाटारमा किन चल्यो ओली र देउवाको घोचपेच ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार वोलाएको संवैधानिक परिषद् बैठक वैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भयो । तर, औपचारिक छलफलमा प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवाबीच घोचपेच चलेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारजनाको अनौपचारिक छलफलमा कांग्रेसको सोमबारको देशव्यापी प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले देउवालाई व्यंग्य गरेपछि घोचपेच सुरु भएको थिया ।
‘शेरवहादुरजीलाई पनि गाह्रै छ, संविधानअनुसार चलेको यस्तो सरकारलाई पनि अधिनायकवादी भनेर सडकमा जानुपरेको छ’ भन्दै ओलीले कुरालाई मोड दिएका थिए । ‘मैले अधिनायकवादी भनेको होइन । प्रचण्ड र माधव नेपालले भनेको’ भन्दै देउवाले पनि ओलीलाई घुमाउरो पारामा उत्तर दिए । त्यहि कारण सभामुख सापकोटा वैठकमा उपस्थित नभएको भन्दै उनले ब्यंग्य गरे ।
सापकोटालाई प्रचण्ड–माधव नेपाल पक्षले वैठकमा जान रोकेको स्रोतको दावी छ। उनले सोमवार साँझमै फोनमार्फत प्रधानमन्त्रीलाई आफू बैठकमा आउन नसक्ने जानकारी दिएका थिए ।