News

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषदको मंगलवारको बैठकले सो अध्यादेश पारित गरि राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको थियो । अध्यादेशमा के छ भन्ने विषय सार्वजनिक भैसकेको छैन। तर, ओलीले आफु अनुकुल निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको हुन सक्ने आशंका छ।

यसअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।
संवैधानिक परिषद् बैठक बस्न ५ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आएका छन्। गणपुरक संख्या पु¥याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पु¥याउन सकेका थिएनन्। सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाकिएको बैठक पनि स्थगित भएको थियो। आजै साँझ ५ बजेका लागि परिषद्को बैठक वोलाईएको छ ।


 

विशेष