प्रधानमन्त्रीले किन मागे संसदीय दलका प्रमुख सचेतक गुरूङको राजीनामा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा मागेका छन्।
नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले केहि दिन अघि गुरुङको राजीनामा मागेको वालुवाटार स्रोतले जनाएको छ । ओलीले राजिनामा माग्न गुरूङलाई बालुवाटार मै बोलाएका थिए । गुरुङ्गले भने आफुले पार्टीको निर्णय मात्रै मान्ने जनाएका छने । पार्टीले निर्णय गरेर राजिनामा मागे आफुले दिने गुरुङ्गले वताएका छन् ।
स्थायी समिति सदस्य गुरूङ पूर्व माओवादी पक्षधर हुन्। उनी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल खेमामा रहेको पार्टी श्रोत वताउँछ।