अध्यादेशले संवैधानिक परिषद्को गरिमा घटायोः कांग्रेस
सभामुख उपस्थित नहुने छाँटकाँट देखिएपछि गणपुरक संख्या पुर्याउन राष्ट्रपतिले मंगलवारै जारी गरेको संवैधानिक परिषद् अध्यादेश प्रति कांग्रेसले असन्तुष्टि जनाएको छ ।
अध्यादेश प्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ ५ वजे बोलाइएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने भएका छन् । देउवा बिहान बसेको परिषद्को बैठकमा सहभागि थिए ।
परिषद्का सदस्य रहेका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि परिषद बैठक औपचारिक रुपमा बस्न सकेको थिएन ।
अध्यादेश जारी भएपछिको राजनीतिक अवस्थाबारे अहिले देउवाले निकट नेताहरुसंग परामर्श गरिरहेका छन् । संवैधानिक परिषद्को गरिमा घटाउने गरी अध्यादेश ल्याइएको भन्दै सभापति देउवा असन्तुष्ट छन् । कांग्रेसले अध्यादेशबाट प्रधानमन्त्रीले देश चलाउन खोजेको आरोप लगाएको छ ।