उखुको पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय
सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो।
वैठकमा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी एवम सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी सहभागी थिए।
पैसा नपाएपछि अहिले उखु किसानहरूले सडकमा आन्दोलन गरिरहेका छन्। ६ महिना आन्दोलन गरेर भएपनि पैसा लिएरै जाने किसानको अडान छ।