ओलीसहित नेकपाको स्थायी कमिटी वैठक सुरु, अध्यादेश फिर्ता हुने
सत्तारूढ नेकपाको स्थायी समिति बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत उपस्थित छन्।
वैठकअघि अध्यक्षद्वयविच लगातर दुई पटक भेट वार्ता भएको थियो । त्यसपछि प्रधानमन्त्री कमिटी बैठकमा बस्न राजी भएका हुन्।
दोस्रो छलफलमा वस्नुपुर्व ओली र दाहाल विच फोनमै भनाभन भएको थियो । नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेको एक नेताले जानकारी दिए ।
संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पु¥याइएको हस्ताक्षर तत्काल फिर्ता लिन ओलीले दाहाललाई आग्रह गरेको जनाईएको छ । प्रचण्डले भने पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन भने ।
प्रचण्डले कुरा नमानेपछि दुई नेताबीच फानेमै केहीबेर चर्काचर्की परेको थियो । त्यसपछि प्रचण्ड र ओलीविच भेटवार्ता भएको थियो ।
दुई अध्यक्षवीच वार्ताको संयोजन स्थायी कमिटीका नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसालले गरेका थिए ।
मंगलबार प्रधानमन्त्रीले ल्याएको अध्यादेश र भोलिपल्ट शीतलनिवासमा दर्ता गर्न लगिएको विशेष अधिवेशनको समावेदन दुबै फिर्ता गराउन नेताहरुले पहल गरेका थिए ।
प्रधानमन्त्री ओली र उनीपक्षका नेताहरु सहभागी नभएपछि आज दिउँसो १ वजे वोलाईएको वैठक वस्न सकेको थिएन । नेताहरुको प्रयासपछि अव भने वैठक सुरु भएको जनाईएको छ ।