News राजनीति

भदौ २६ पछिका सवै निर्णय फिर्ता लिन ओली–प्रचण्ड तयार !

भदौ २६ पछिका सवै निर्णय फिर्ता लिन ओली–प्रचण्ड तयार !

नेकपाको आन्तरिक राजनीतिमा नयाँ मोड आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौ २६ यताका सवै कदम/निर्णय फिर्ता लिन सहमत भएका छन् ।

राष्ट्रपतिले मंगलवार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएसँगै विवादले उग्ररूप लिएको थियो । वुधवार प्रचण्ड–नेपाल पक्षका नेताहरु संसदको विशेष अधिवेशन माग गर्दैै राष्ट्रपति कार्यालय पनि पुगे।

त्यसपछि भने दुवैतर्फका नेता कृयासिल भए र अध्यक्षद्वयलाई भेटवार्ताको वतावरण वनाए । बुधबारको स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगबिच दुई पटक छलफल भएको थियो। दोस्रो छलफलमा प्रधानमन्त्री ओली अध्यादेशसँगै भदौ २६ यता भए/गरेका सबै राजनीतिक निर्णयसमेत फिर्ता लिन सहमत भएको वालुवाटार स्रोतले दावी गरेको छ। यसको आधिकारीक जानकारी भने आईसकेको छैन।

एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २६ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने दुई अध्यक्षबिच सहमति भएको जनाईएको छ । स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। 
 

विशेष