विवादीत अध्यादेश खारेजीको माग राखी सर्वोच्चमा रिट ( रिट निवेदनसहित)
मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार बिहान सर्वोच्चमा निवेदन दिएका हुन् ।
अध्यादेशको वैधतामाथि प्रश्न उठाउँदै दर्ता गरिएको निवेदनमा ‘संविधानसँग बाझिएको अध्यादेश अमान्य र बदर हुनुपर्ने’ माग छ । नेपालको संविधानले नै संवैधानिक परिषद्मा ६ सदस्यीय संरचनाको व्यवस्था गरेको भन्दै अर्यालले निवेदनमा अध्यादेशले त्यो संरचनाको मूल्यमान्यतालाई भत्काएकाले संविधानविपरीत रहेको दाबी गरेका छन् ।
संसद् अधिवेशन रोकेर, त्यसलाई छलेर अध्यादेश जारी गर्न खोजिएको भन्दै उनले निवेदनमा गत वैशाख ८ गते नै फिर्ता भएको अध्यादेश अहिले फेरि जारी गर्नु गलत हुने उल्लेख गरेका छन् ।
विवादीत अध्यादेश खारेजीको माग राखी सर्वोच्चमा दायर भएको रिट निवेदन