News राजनीति

ओलीको अनुपस्थितीमै नेकपा स्थायी कमिटी बैठक वालुवाटारमा सुरु

ओलीको अनुपस्थितीमै नेकपा स्थायी कमिटी बैठक वालुवाटारमा सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकसुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सुरु भएको वैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा उनीहरु विच छलफल भएको जनाईएको छ । छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन् ।

बैठकमा पार्टी भित्र देखिएको आन्तरिक विवादका विषयमा छलफल हुने एजेण्डा छ । तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आएपछि त्यसले समेत वैठकमा छलफलको वातावरण वनाउन सक्ने नेताहरुले अनुमान गरेका छने ।

मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै छ। असैअवधिमा सरकारले मंगलवार अध्यादेश ल्याए पछि अर्को समुह रुष्ट छ।
 

विशेष