News

ओली र दाहालवीच फोनमै चर्काचर्की !

ओली र दाहालवीच फोनमै चर्काचर्की !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ ।


प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर भेटन वोलाएका हुन् । नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेको एक नेताले जानकारी दिए ।

संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पु¥याइएको हस्ताक्षर तत्काल फिर्ता लिन ओलीले दाहाललाई आग्रह गरेको जनाईएको छ । प्रचण्डले भने पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन भनेका छन् ।

प्रचण्डले कुरा नमानेपछि दुई नेताबीच फानेमै केहीबेर चर्काचर्की परेको स्रोतले जनाएको छ । त्यसपछि दुई अध्यक्ष विच भेटवार्ता भईरहेको जनाईएको छ । 
 

विशेष