News राजनीति

अध्यादेश फिर्ता नगरी प्रधानमन्त्रीले वोलाए संवैधानिक परिषद् बैठक

अध्यादेश फिर्ता नगरी प्रधानमन्त्रीले वोलाए संवैधानिक परिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आजैका लागि संवैधानिक परिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार साँझ बस्ने गरी वैठक वोलाईएको जानकारी दिए ।

यसअघि स्थगित बैठक आज बस्ने तय भएको उनले बताए। सभामुख अग्नि सापकोटाको सचिवालयले भने अहिलेसम्म वैठकको जानकारी नआएको वताएका छन् । मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएकै कारण स्थगित भएपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

बेलुका बसेको परिषद बैठकमा भने कांग्रेस सभापति शेरबाहदुर देउवा उपस्थित भएनन्। आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने नजाने टुङ्गो भएको छ ।

वुधवार वसेको स्थायी कमिटीको वैठकमा अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएपछि नेकपा फेरी तरंगीत भएको छ ।

अध्यादेश फिर्ता नभई वैठक वोलाईनुले ओली फेरी आफनै अडानमा अघि वढेको होकी भन्ने नेताहरुको आशंका छ । सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएको थियो । तर ८३ सांसदको हस्ताक्षर लिएर नेकपाकै सांसदहरु विशेष अधिवेशन बोलाउन माग गर्दै शीतल निवास पुगेपछि ओली अप्ठ्यारोमा परेका थिए । त्यसपछि उनी अध्यादेश फिर्ता लिने सहमति गरेर स्थायी कमिटी वैठकमा भाग लिन गए।

तर, अध्यादेश फिर्ता नगरी बिहीबार ५ बजे परिषदको बैठक राखिएको छ। परिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने जानकारी गराईएको छ । 

विशेष