News

प्रधानन्यायाधिस सहभागी नुहने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

प्रधानन्यायाधिस सहभागी नुहने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

प्रधानन्यायाधिस पनि सहभागी नुहने भएपछि बिहीबार साँझ ५ बजेलाई बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

बैठक स्थगित भएको म्यासेज प्राप्त भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको सचिवालयले बताएको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीश पनि बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा यसअघि नै बैठकमा अनुपस्थित छन् ।

बुधबार नेकपा स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर, आजै बैठक बोलाइएको भन्दै नेकपाका नेताहरु आश्चर्य प्रकट गरेका थिए ।


तर, प्रधानन्यायाधीश पनि उपस्थित नभएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै वैठकमा उपस्थित हुने र त्यसले गणपुरक संख्या नपुग्ने भएपछि वैठक स्थगित भएको जनाईएको छ ।
अध्यादेशअनुसार बैठकले निर्णय गर्नलाई अध्यक्षसहित ३ जना आवश्यक हुन्छ ।
 

विशेष