चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध
केहि वर्ष अघिसम्म चाईना–नेपाल ब्यापारका लागि एक मात्रा नाकाको रुपमा रहेको सिन्धुपाल्चोक स्थित तातोपानी भन्सार यतिवेला सुनसान छ ।
नेपालको राजनीतिक खिचातानीमा आफनो प्रभुत्व जमाउन दवाव दिने उदेश्यले चाईनाले सुरु गरेको अघोषित नाकावन्दीका कारण भन्सारमा चहलपहल कम भएको हो । कर्मचारी कामविहिन छन् । सामान आयात निर्यातमा अवरोध आएपछि घाम तापेर वस्नु परेको कर्मचारीहरु नै वताउँछन् ।
नाकामा अवरोध सुरु भएपछि नेपालको ब्यापार पुर्णतया प्रभावित छ । ब्यवसायीको विचल्ली भएका छ भने उपभोक्ता मारमा परेका छन् । सामान अभाव हुन थालेपछि उपभोक्ताहरु चर्को मुल्यमा सामान खरिद गरीरहेका छन् । अर्कोतर्फ कतिपय ब्यापारी आफै विस्थापित भएका छन् भने केहि ब्यापारीले आत्महत्या पनि गरेको जनाईएको छ।
तातोपानी भन्सार कार्यालयमा हाल एक सय कन्टेनर जाँचपास र ३ सय कन्टेनर स्टकमा राख्न सक्ने क्षमता छ । तर, अहिले दिनमा २/३ वटा कन्टेनर मात्रै आउने गरको प्रमुख भन्सार अधिकृत लालवहादुर खत्री वताउँछन् । तर, चाईनाको नाकावन्दिका कारण कन्टेनर कम आएको विषय भने उनले स्विकार गरेनन् ।
चाईनावाट सुरु भएको कोरोना संक्रमण फैलन नपाओस भन्ने उदेश्यले उनीहरुले नेपालसँगको ब्यापारलाई कडाई गरेको उनको भनाई छ । ‘सुरक्षाका विषयमा चाईनिज वढि सम्वेदनसिल देखिए । उनीहरुले कोरोना नभित्रियोस भन्नका लागि त्यसो गरेको हुन सक्छ’ उनले भने–‘उनीहरुको राष्ट्रिय चासोलाई हामीले वेवास्ता गर्न पनि मिलेन।’
आयात निर्यातलाई सहज वनाउन आफुहरुले पटक पटक प्रयास गरिरहेको पनि उनले वताए । ‘हामी पुर्ण रुपमा सुरक्षाका उपाय अपनाउँछौं। कुनै पनि हिसावले संक्रमण जान दिदैनौं भनेर पटक–पटक अनुरोध गरेका छौं’ उनले थपे–‘ब्यवसायीको सामान महिनौ दिनदेखि अलपत्र परेको र ब्यवसायीहरु अत्तालिएको विषयमा विभिन्न माद्यमवाट कुरा भईरहेकै छ। तर, कार्यान्वयनमा सुधार आएको छैन ।’
चाईना पक्षले कम मान्छेको प्रयोगवाट वढि सामान पठाउने प्रयास गरिरहेको पनि उनले जानकारी दिए । उतावाट सहज रुपमा सामान आए नेपालतर्फ कुनै समस्या नरहेको खत्रीले वताए । ‘हामी त पुर्ण रुपमा काम गर्नका लागि तयार छौं । जनशक्ति, पुर्वाधार सवै तयार छ। आयात वढ्यो भने दिनमा १ सयवटा गाडि आएपनि हामी जाँचपास गरेर पठाउन सक्छौं’– उनले भने।
तातोपानी भन्सार सञ्चालनमा सरकार पनि उत्साहित देखिएको खत्रीले वताए । ‘यो नाका सञ्चालनका लागि सरकार पनि उत्साहित छ। इतिहाँसमै पहिलो पटक परराष्ट्र मन्त्रीले यो नाकाको अनुगमन गर्नु भयो’ उनले भने–‘परराष्ट्र मन्त्रीले भन्सार कार्यालय अनुगमन गरेको सम्भवतः यो पहिलो हो ।’ तर, ०७२ सालको भुकम्पपछि हालसम्म पनि नाका सहज रुपमा संचालनमा आउन नसकेको उनले जानकारी दिए । ‘भुकम्पको चार वर्षपछि मात्रै नाका सञ्चालनमा आयो । तर, त्यस लगत्तै कोरोना संक्रमणको त्रासले नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन’ उनले थपे–‘त्यसमा पनि आयात मात्रै छ। निर्यात छैन।’
०७२ सालअघि जो सुकै पनि जान सक्ने र सामान किनेर ल्याउन सक्ने अवस्था भएपनि अहिले त्यो अवस्था/सुविधा नभएको उनको भनाई छ । ‘तातोपानी नाका एक मात्र नाका थियो । हजारौ मान्छे समान किनेर ल्याउँथे। नाका अत्यन्तै चलायमान थियो’ उनले भने–‘भुकम्पले नेपाल र चिन दुवै तर्फ धेरै संरचना क्षतविक्षत भयो । त्यसपछि चार वर्ष पुर्ण नाका वन्द भयो।’
संरचना सहज वन्दै गएपछि लोसार पर्व र ०७६ सालको पुषदेखि कोरोना संक्रमणका कारण ४ महिना नाका पुर्ण रुपमा वन्द भएको खत्री वताउँछन् । ‘वैशाखदेखि पुनः सञ्चालनमा त आयो तर, आसारको २४ गतेको वाढिले वाटो विगारेर फेरी अवरोध भयो’ उनले थपे–‘त्यसपछि दिनमा ३/४ वटा कन्टेर जाँच पास हुुन्छ। वढाउने विषयमा छलफल भईरहेको छ।’
तातोपानी नाका ऐतिहाँसिक, राजनीतिक, रणनीतिक, आर्थिक र कुटनितिक दृष्टिले पनि महत्वपुर्ण नाका भएकाले यसलाई सहज रुपमा संचालनमा ल्याउन सवैले प्रयत्न गर्नु पर्ने उनले वताए । ‘यसका लागि हामीले चिनको सकारात्मक सहयोगको अपेक्षा गरेका छौं। सरकार ब्यवसयाी सवै लाग्नुपर्छ’– उनले भने।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालवहादुर खत्रीसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला।