News राजनीति

सनातन हिन्दु राष्ट्र राजसंस्थाका लागि राप्रपाद्वारा आन्दोलन घोषणा

सनातन हिन्दु राष्ट्र राजसंस्थाका लागि राप्रपाद्वारा आन्दोलन घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको माग गर्दै सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

पार्टीको केन्दीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ । यसैगरी, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान तथा भ्रष्टाचार नियन्त्रण, लगायतका विषयमा सरकार असफल भएकाले खवरदारी गर्न पनि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।

आन्दोलनका कार्यक्रम अनुसार पुस १२ गते ७७ वटै जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउन, पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने तथा पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय भएको राप्रपाले जनाएको छ ।
 

विशेष