News अपराध सुरक्षा

पुरानो रिसिवीले ग्याङ फाईट : १ को मृत्यु , १२ जना घाईते

पुरानो रिसिवीले ग्याङ फाईट : १ को मृत्यु , १२ जना घाईते

बाँकेको जानकी गाउँपालिका–५, गुरूगाउँमा दुई समुहविच ग्याङ फाईट हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीचको पुरानो रिसिबीका कारण सोमवार साँझ दुई पक्षबीच झडप भएको थियो ।

झडपमा परी जानकी गाउँपालिका–५, गुरूगाउँका ५४ वर्षीय धनीराम यादवको मृत्यु भएको छ । 

दुई जनाको विवादलाई लिएर दुवै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा धनीराम गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा घाइते १२ जना घाइते मध्ये दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको र अन्य १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

कुटपिटमा संलग्न १४ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएरि अनुसन्धान गरिरहेको छ । 
 

विशेष