News

प्रधानमन्त्री र सभामुखको टकराव : पेसीमा चढ्यो अपहरण र हत्याको मुद्दा

प्रधानमन्त्री र सभामुखको टकराव : पेसीमा चढ्यो अपहरण र हत्याको मुद्दा

नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्रीसँग टकराव परिरहेका वेला सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा पेसीमा चढाएको छ ।

संवैधानिक इजालसमा परेको सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठले हेर्ने भएका छन् ।

०६२ वैशाख १६ गते काभ्रेको श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला भएको स्थानबाट अपहरणमा परेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपसहित सापकोटा विरुद्ध मुद्दा दर्ता भएको छ । अर्जुनलाई खाल्डो खन्न लगाएर जिउँदै गाडेको भन्दै उनकी श्रीमती पूर्णिमायाले ०६४ सालमा जाहेरी दिएकी थिइन् ।

सर्वोच्चले मुद्दा पेसीमा चढाएसँगै सुनियोजित रुपमा यस्तो गरिएको आशंका गरिएको छ । अदालतले भने यो संयोग मात्रै भएको जनाएको छ । अदालत स्रोतका अनुसार २०७६ बैशाखमा पेसी चढाउनुपर्नेमा कोरोनाका कारण अहिले पेसी तोकिएको हो ।

केही दिनदेखि सभामुख सापकोटा र प्रधानमन्त्री केपी ओलीबीच टकराव देखिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा अनुपस्थित भएपछि सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो । 
 

विशेष