News राजनीति

पेरिसडाँडामा दाहाल–नेपालले वोलाए प्रदेश स्तरीय भेला

पेरिसडाँडामा दाहाल–नेपालले वोलाए प्रदेश स्तरीय भेला

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले शुक्रवार प्रदेश १ को पदाधिकारी भेला वोलाएका छन् ।

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई सम्वोधन गर्ने योजना अनुसार शुक्रवार प्रदेश १ का १४ जिल्लाका अध्यक्ष, सचिव र प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यलाई काठमाडौंमा भेला गरिएको हो । 

जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी भेलालाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने एक नेताले बताए ।

सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने बुधबारको स्थायी कमिटी निर्णयको अर्कोदिन त्यही अध्यादेशको जगमा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएपछि दुई अध्यक्षबीच बिहीबार तनावपूर्ण संवाद भएको थियो ।

स्थायी कमिटीले मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपति कहाँ निवेदन दर्ता नगर्ने र संवैधानिक परिषद्का प्रमुख र पदाधिकारीहरूको नियुक्ति सहमतिकै आधारमा गर्ने निर्णय गरेको थियो ।

ओलीसँगको संवाद सकरात्मक नभएको अर्को दिन दाहाल–नेपालसमूहले शुक्रबार प्रदेश–१ स्तरीय जिल्ला पदाधिकारीहरुको भेला गरेको हो ।

यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड–नेपाल पक्षले गरिसकेको छ । 

पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विभिन्न प्रदेशमा विद्यार्थीको भेला समेत गरिसकेको छ ।

विशेष