प्रचण्डले ’म मात्रै कति आउनु, तपाईंपनि आउन हुन्छ नी’ भनेपछि ओली खुमलटारमा
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच खुमलटारमा भेट वार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा ओली पुगेपछि उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागि भएका छन् ।
पार्टीको अन्तरीक विवादका कारण पछिल्लो समय दुई अध्यक्षकाबीच तीव्र धुर्वीकरण भइरहेको छ। दाहाल र नेपाल समूहले पार्टीभित्र ओलीलाई अप्ठ्यारोमा पारेको सन्दर्भमा प्रचण्ड निवासमा नै ओली पुग्नुलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।
पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक सरकारले ल्याएपछि नेकपाभित्रको विवाद अझै तनावपुर्ण छ । दुई अध्यक्ष विच शुक्रवार भएको भेटमा प्रचण्डले ’म मात्रै भेट्न आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी’ भनेपछि ओली खुमलटार पुगेको जनाईएको छ ।
उनीहरुका विच कुन विषयमा छलफल भईरहेको छ भन्ने विषयमा भने अहिलेसम्म केहि खुलेको छैन ।