प्रधानमन्त्री ओलीको कदम भर्त्सनायोग्य: वामदेव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको मर्म र भावनाविपरीत काम गरेको वताएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयले गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताएका छन् ।
गत आम निर्वाचनबाट झन्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसद्को कार्यकाल दुईवर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भत्सर्नायोग्य रहेको उनको विज्ञप्तिमा उल्लेख छ ।