News राजनीति

राजनीतिक उपलब्धी गुम्न दिदैनौ, वरु कठ्पुतली सिदयाउन अघि वढ्छौंः पुर्व मन्त्री यादव

राजनीतिक उपलब्धी गुम्न दिदैनौ, वरु कठ्पुतली सिदयाउन अघि वढ्छौंः पुर्व मन्त्री यादव

संघीय संसदको प्रतिनिधि सभा भंग गर्ने निर्णयसँग देशका विभिन्न भागमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध तथा प्रदर्शन सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका नेता÷कार्यकर्ताहरुले ओलीलाई प्रतिगामीको मतियार भएको भन्दै प्रदर्शन गरिरहेका छन् ।
संविधान विपरित संसद विघटन भएको भन्दै देशका उनीहरुले विरोध गरिरहेका छन् ।

सप्तरीको राजविराज, बाराको कलैया, विरगंज लगायतका स्थानमा नाराजुलुससहित प्रदर्शन तथा टायर बालेर विरोध गरिएको छ ।

संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । राजविराजमा पुर्वमन्त्री एवम नेकपाका नेता उमेश कुमार यादवको नेतृत्वमा प्रदर्शन गरिएको छ । ‘प्रतिगामीको मतियार–केपी ओली होसियार’ भन्दै उनीहरुले नाराजुलुस गरेका छन् ।

पुर्व मन्त्री यादवले संघीय लोकतान्त्रीक गणतन्त्र ल्याउनका लागि आफुहरुले वलिदानको यात्रा तय गरेर आएको र आवश्यक्ता पर्यो भने नाफाको जिन्दगी देशका कठपुतलीहरुलाई सिद्याउन फेरी पनि दाउमा लगाउन तयार रहेको वताए । ओलीको संसद विघटन गर्ने निर्णय स्विकार नगर्ने र राजनितिक उपलब्धि गुम्न नदिने उनले वताए ।

विशेष