News

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

प्रतिनिधिसभा विघटन भएपछि  प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा निकायका प्रमुखहरुसँग छलफलमा लागेका छन् ।

आइतबार साँझ ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई वोलाएर छलफल गर्न थालेका हुन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन् ।

वदलिदो घटनाक्रमसँगै प्रधानमन्त्रीले अहिलेको सुरक्षा अवस्थाको बारेमा जानकारी लिन सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
 

विशेष